५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी, उम्मेदवारी खारेजीको माग



अ+ अ-

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणविरुद्ध बहुविवाहको उजुरी परेको छ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका मन्त्री खाणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा उजुरी दर्ता भएको हो । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले सो क्षेत्रमा उहाँलाई उम्मेदवार बनाएको छ । उहाँको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको बताइएको छ ।

अधिवक्ता तारा बरालले यसअघि निर्वाचन आयोगमा दर्ता भएको र सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरेको जानकार दिइन् । उनका अनुसार गृहमन्त्री खाण बहुविवाहमा संलग्न रहेको पाइएकाले उजुरी दर्ता गरिएको हो ।

“खाणले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौँ जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौँमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ”, उनले भनिन् ।

निर्वाचन आयुक्तले सम्बन्धित जिल्लामा दर्ता गरेपछि प्रक्रिया अगाडि बढाइने भनेकाले रुपन्देही क्षेत्र नम्बर ३ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराइएको उनले जानकारी दिइन् ।

 




भर्खरै