• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

काठमाडौँ १ मा एमालेलाई राप्रपा नेपालले समर्थन गर्ने



फाईल फोटो

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालले नेकपा (एमाले) का उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।

राप्रपा नेपाल काठमाडौँका अध्यक्ष श्याम घिमिरेका अनुसार काठमाडैँ १ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवै क्षेत्रमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । यो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका किरण पौडेल उम्मेदवार हुनुहुन्छ ।

राप्रपा नेपालका यो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शान्ति केसी र प्रदेशसभा १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको उम्मेदवारी निष्क्रिय बनाइएको छ ।

प्रदेशसभामा एमालबाट १ मा रामप्रसाद अमगाईं र २ मा गणेशप्रसाद दुलाल उम्मेदवार रहेका छन् ।