९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सप्तरी २ मा उपेन्द्र यादव र सिके राउतबीच कडा प्रतिस्पर्धा

सप्तरी २ मा उपेन्द्र यादव र सिके राउतबीच कडा प्रतिस्पर्धा
अ अ+ अ-

सप्तरी । सप्तरी क्षेत्र २ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । मधेसवादी पृष्ठभूमिका दुई पार्टीका अध्यक्ष र गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको हो ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमाले–जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका नेता जयप्रकाश ठाकुरसहित १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा अध्यक्षद्वय यादव, डा राउत र ठाकुरबीच रोचक प्रतिपस्र्धा हुने अनुमान गरिएको छ ।

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा तीनै उम्मेदवार चुनावी प्रचारप्रसार सामग्रीसहित मत आ–आफ्नो पक्षमा पार्न घरदैलोमा व्यस्त हुनुहुन्छ । गत २०७४ सालको निर्वाचनमा यसै क्षेत्रमा निर्वाचित जसपा अध्यक्ष यादव आफ्नो जितलाई दोह¥याउने दाउमा हुनुहुन्छ भने डा राउत र ठाकुरले यादवलाई पराजित गरेर आ–आफ्नो जित सुनिश्चित गर्ने योजनामा हुनुुहुन्छ ।

यतिबेला बिहान र बेलुका चिया गफमा समेत ठाकुर, यादव र डा राउतबीच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा छ । पार्टी सङ्गठनको अवस्था, राजनीतिक गठबन्धन, जातीय समीकरण र राजनीतिक प्रभावका हिसाबले तीनै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषक रामनारायण यादवले बताउनुभयो ।

गत २०७४ सालको निर्वाचनमा तत्कालीन राजपा, नेपाली कांग्रेससमेतको साथ पाएर निर्वाचित हुनुभएका यादवले अहिले ती हुबै पार्टीको साथ गुमाउनुभएको छ भने एमालेको साथ पाएको छ । चुनावी प्रतिस्पर्धामा रहनुभएका जसपा अध्यक्ष यादवले पार्टी सङ्गठन बलियो रहेको र आफूले सप्तरीमा गरेको विकास निर्माण कार्यका कारण आफूले जित्ने दाबी गर्नुभएको छ ।

“मैले गरेको विकास निर्माण कार्य र राजनीतिक भूमिकाका कारण मेरो कसैसँग प्रतिस्पर्धा छैन्”, अध्यक्ष यादवले भन्नुभयो, “पाँच वर्षमा विकास निर्माणका धेरै आधार खडा गरेका छौैँ, त्यसैले जनताले फेरि पनि मलाई नै मत दिएर बिजयी बनाउँछ ।”

आफ्नो कार्यकालमा विभिन्न सडक सञ्जालको निर्माण, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास, नर्सिङ कलेज, कृषि विश्वविद्यालय, गजेन्द्र नारायण सिंह अस्पतालमा सुधारलगायतको काम अघि बढेकाले मतदाताले फेरि पनि अवसर दिने अध्यक्ष यादवको दाबी छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको तमका आधारमा मजबुत देखिएको पाँच दलीय गठबन्धनका उम्मेदवार ठाकुरले यसक्षेत्रमा गठबन्धन मजबुत रहेको, सधैँ जनताको बीचमा रहेर निरन्तर काम गरेको र शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा योगदान रहेकाले आफूले चुनाव जित्ने दाबी गर्नुभएको छ ।

“म जनतासँग नजिक भएर काम गरेको र उहाँहरुको सदैव सेवा गरेको आधारमा पनि मेरो बलियो स्थिति छ”, ठाकुरले भन्नुभयो, “गठबन्धन पनि एक ढिक्का छ, त्यसैले जित सुनिश्चित छ ।” दुई ठूला गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर जित सुनिश्चित गर्ने दाउमा रहनुभएका जनमत अध्यक्ष डा राउतले पुराना नेताबाट जनता दिक्क भइसकेकाले अब निर्वाचनमा मतदाताहरुले आफूलाई विजयी बनाउने दाबी गर्नुभएको छ । पहिलो पटक चुनावी प्रतिपष्र्धामा उत्रिनुभएका डा राउतले पहिलो प्रयासमै आफू सफल हुने बताउनुभयो ।

“बूढापाकाको आशिर्वाद र युवाको जोश, जाँगर र ऊर्जाका कारण म उत्साहित छु”, डा राउतले भन्नुभयो, “पुराना नेताबाट जनता दिक्क भइसकेका छन्, मतदाता नयाँलाई अवसर दिन चाहिरहेका छन् ।” त्यसैले म चुनाव जित्छु भनेमा ढुक्क छु उहाँको भनाइ थियो ।

कूल ९५ हजार तीन सय ४४ मतदाता रहेको यस क्षेत्रमा सप्तरी सदरमुकाम राजविराजसहित महदेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका पर्दछ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई जोड्दा पाँच दलीय गठबन्धन बलियो देखिएको छ ।

यस क्षेत्रमा पाँच दलिय गठबन्धनको मत ३७ हजार तीन सय ७३ छ भने एमाले–जसपा गठबन्धनसँग १९ हजार ७५ मत र जनमत पार्टीको तीन हजार दुई सय ७१ मत छ । यस क्षेत्रमा पर्ने राजविराज नगरपालिकाको प्रमुख उपप्रमुखमा जसपाले जित हात पर्दा महादेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा लोसपा तथा तिलाठी कोइलाडीमा कांग्रेसले जित हात पारेको थियो ।