२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्खास्त गर्नुपर्ने कारण नबताए सनसनी भिडियो ल्याउँछु– पूर्वमन्त्री खड्का



अ+ अ-

पोखरा । गण्डकी प्रदेशको मन्त्री पदबाट बर्खास्त भएका कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे ‘सनसनी’ अडियो, भिडियो ल्याउने धम्की दिएका छन् ।

निवर्तमान भौतिक पूर्वाधारमन्त्री खड्काले आफूलाई बर्खास्त गर्नुको कारण नबताए निर्वाचन लगत्तै अडियो, भिडियो सार्वजनिक गर्ने धम्की दिएका हुन् । “निर्वाचन लगत्तै उहाँले चित्तबुझ्दो जवाफ दिनुभएन भने सनसनी अडियो, भिडियो ल्याउँछु ।”

मुख्यमन्त्री पोखरलले मंगलबार उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो । खड्काले आफू बर्खास्तमा पर्नुपर्ने कुनै कारण नभएको बताए । उनका अनुसार पछिल्लो समय मुख्यमन्त्री पोखरेलसँग आफ्नो सम्बन्ध चिसिएको थियो । उनले केही योजनाका कारण आफ्नो पद गएको हुनसक्ने अनुमान गरेका छन् ।

“माइतीघाट झोलुंगे पुल १०० करोड लगानीमा बनाउने योजनामा मैले विरोध गरेको थिएँ, मेरो बर्खास्तीको कारण त्यही पनि हुनसक्छ”, उनले भने ।