२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारकर्मी अपिल त्रिपाठी अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । पोखराका सञ्चारकर्मी अपिल त्रिपाठी अस्पताल भर्ना भएका छन् ।  

अचानक स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएको परिवारका सदस्यले बताएका छन् ।

गण्डकी टेलिभिजनको कार्यक्रम ‘गण्डकी छड्के’का प्रस्तोतासमेत रहेका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । 

परिवारले उनलाई देखिएको समस्याबारे भने खुलाएको छैन । अबको केही दिन अस्पतालमै रहने परिवार स्रोतले जनाएको छ ।