१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रको काउन्टरमा मिलन पाण्डेसहित ४ नेताले अघि सारे अर्को प्रस्ताव



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको काउन्टरमा संयोजक मिलन पाण्डेसहितका नेताहरुले अर्को प्रस्ताव अघि सारेका छन् ।

पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाको नामबाट नयाँ प्रस्ताव आएको हो ।

‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको प्रस्तावमा अध्यक्ष मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने जिकिर गर्दैे गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र सङ्घीयतामा सुधारलाई स्थान दिइएको छ । 

यस्तै तिनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैरसंसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्थामा जानुपर्ने कुरा उनीहरुले अघि सारेका छन् । 

नेतृ दर्शनाले पार्टीलाई गलत दिशामा जान नदिन आफूहरूले संयुक्त प्रस्ताव ल्याएको बताएकी छन् । 

साउन ११ गते अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह हुनुपर्ने मागसहितको दस्तावेज सार्वजनिक गरेका थिए ।