५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा गठबन्धन सरकार: मन्त्री भुसाल(भिडीयोसहित )



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आसन्न निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्ने दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत आज ललितपुरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रमपछि गोदावरी नगरपालिका–१२ थेचोमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकारले देशको आर्थिक तथा सामाजिक विकासमा नयाँ क्रान्तिको अभियान थालनी गर्ने बताउनुभयो ।

राष्ट्रिय आवश्यकताका आधारमा वर्तमानमा गठबन्धन बनेको उल्लेख गर्दै उहाँले परिवर्तनका शक्तिको बलियो सम्बन्ध, दायित्व र जिम्मेवारीले बाम–लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पार्नुभयो । “कसैले भ्रम छरेर गठबन्धन टुट्ने छैन”, उहाँले भन्नुभयो, “गठबन्धनले आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा स्थायी सरकार दिनेछ ।”

आगामी मङ्सिर ४ गते जनताले गठबन्धनको पक्षमा मतदान गरेर संविधानलाई थप बलियो बनाउने उहाँको भनाइ छ । “जनताले लोकतन्त्र र संविधानलाई बलियो बनाउने छन्”, ललितपुर क्षेत्र नं ३ का उम्मेदवार भुसालले भन्नुभयो, “मुलुकलाई अग्रगति दिँदै अबको पाँच वर्षमा जनताको अपेक्षा पूरा गर्नेछौँ ।” उहाँले तीनै तहका सरकारको उचित समन्वय र सहकार्यबाट भौतिक पूर्वाधार र आर्थिक विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मुलुकमा विकास र समृद्धिको यात्रा अगाडि बढाउन गठबन्धनको जित आवश्यक भएको बताउनुभयो । उहाँले गठबन्धनका उम्मेदवार विजयी भए स्थानीय तहमा आफूहरुलाई काम गर्न सहज हुने बताउनुभयो । “हामीले पाँच वर्षको अवधिमा जुन काम ग¥यौँ, त्यो कामको रफ्तार अझ अभवृद्धि हुनेछ । जनतालाई अझ बढी विकास र सेवाप्रवाहको अनुभूति दिलाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

स्थानीय तहका कामकारबाहीलाई प्रभावकारी बनाउन सङ्घ र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने भन्दै उहाँले सङ्घीयतालाई बलियो बनाउने शक्तिलाई निर्वाचनमा विजयी गराउनुपर्ने बताउनुभयो । “ललितपुर क्षेत्र नं ३ मा गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेकालाई जनताले विजयी गराउनुपर्छ”, उहाँले भन्नुभयो, “गठबन्धनका उम्मेदवार विजयी भए मात्र हामीलाई महानगर, नगरपालिकाका सहज ढङ्गबाट काम गर्न सहज हुन्छ ।”