• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

सवारी चाप हुने समयमा ट्राफिक प्रहरीसँग नगर प्रहरी राखेका छौँ– नगर प्रहरी बल प्रमुख पाण्डे



फाईल फोटो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ ।

नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेका अनुसार सवारी साधनको चाप धेरै भएका समय विहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो ।

सवारी साधनको चाप धेरै हुने स्थानमा नगर प्रहरी खटाउन थालिएको नगर प्रहरी उपरीक्षक पाण्डे बताउछन् । उनले भने, ‘आज हामीले कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा हाम्रा जनशक्ति परिचालन गरेका छौँ ।’