• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले गरे नेपाली समुदायको प्रशंसा ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

नागरिकताबारे कतिपटक स्पष्टीकरण दिनु पर्ने हो ?– रवि लामिछाने



फाईल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो नागरिकता सम्बन्धी विवाद ४ वर्षअघि नै समाधान भइसकेको बताएका छन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका लामिछानेमाथि रद्ध भइसकेको नागरिकताका आधारमा उम्मेदवार दिएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गरेका छन् ।

आफूमाथि परेको उजुरीबारे स्पष्टीकरण दिदैँ उनले सामाजिक सञ्जाल फेसबुक लाईभमार्फत आफूले कागजी प्रक्रिया पूरा गरेर अमेरिकाको पासपोर्ट त्यागेको बताएका छन् ।

लामिछानेले नागरिकताको बिषयमा विवेचना भई सेटल भइसकेको बताएका छन् । उनले लेखेका छन्, ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरिकताको बिषय समेतमा विवेचना भई सेटल भइसके पछि फेरि कति पटक स्पष्टीकरण दिनु पर्ने हो ?’