• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा प्रतिष्पर्धा गरौँः सम्मानित नेता खनाल ★   महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन सक्दैनन्ः अध्यक्ष राउत ★   जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्याेः सभापति लामिछाने ★   नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः अध्यक्ष श्रेष्ठ ★   कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयोः अध्यक्ष यादव ★   संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यकः देउवा ★   राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह ★   मोनाली ठाकुरलाई कन्सर्टमा दुर्व्यवहार, दर्शकहरुमध्ये एक व्यक्तिले गोप्य अंगमा टिप्पणी गरे ★   बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल अर्थोपेडिक अस्पतालमा ★   युरो कपमा आज नकआउट चरणका दुई खेल हुँदै

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र पाकिस्तान भिड्दै



काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा आज नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजेदेखि सुरुवात हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।

पाकिस्तानविरुद्धको खेल खेल्नुअघि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको खेलमा जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए । उनले नेपाल र पाकिस्तान भिड्दा हालसम्म पाकिस्तानले सात खेल जितेको र नेपालले पाँच खेल जितेको बताए । मुख्य प्रशिक्षक कटुवालले छोटो समयको बाबजुद राम्रो टिम बनाएको बताउँदै राष्ट्रिय टोलीका केही खेलाडी विदेश पलायन भए पनि नेपालमा नै रहेका खेलाडीबाट बलियो टिम बनाएको बताए ।

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।

यसैगरी राष्ट्रिय टोलीका कप्तान रोहित चन्दले पाकिस्तान कठिन प्रतिद्वन्द्वी भए तापनि आफ्नो टोलीले जित निकाल्ने विश्वास व्यक्त गरे । पाकिस्तानका कप्तान हसन बसिरले नेपालसँगको खेलका लागि सकारात्मक रहेको भन्दै आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने बताए ।