• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ: उपाध्यक्ष घिमिरे ★   लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ ★   ‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला ★   गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई ★   शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः मन्त्री बुढा ★   वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँः मन्त्री अर्याल ★   दक्षिणी मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या ★   टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै ★   जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन: प्रकाशशरण महत ★   प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ: महेश बर्तौला

चार बुँदा सहित नागरिक समाजको आव्हान, कस्ता उम्मेदवारलाई मत दिने



फाईल फोटो

काठमाडौं । नागरिक समाजका अगुवाहरुले ४ बुँदे अबधारणा अघि सार्दै सक्षम उम्मेदबारलाई मत हाल्न आग्रह गरेका छन् ।

उनिहरुले देशद्रोही / राष्ट्रघातीहरु , भ्रष्टचारजन्य कार्यहरुमा संलग्न हुदै आएकाहरु ,पटक पटक मौका पाएर पनि असफल तथा असक्षम भएकाहरु ,विभिन्न शक्तिहरुसंग खेल्दै आएका अवसरवादी तत्वहरुलाई मत नहाल्न उनिहरुले आव्हान गरेका हुन् ।

आव्हानको पूर्णपाठ

हामी यतिखेर आम निर्वाचन २०७९ को संघारमा छौँ । आम चुनाव पाँच बर्षको एक पटक सार्वभौम जनताले आफ्नो प्रभुसत्ता अभ्यास गर्ने, प्रतिनिधि र सरकार चुत्रे अत्यन्त बहुमूल्य अवसर हो । हामीले स्थापित गरेको लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । यो निर्वाचनबाट कुनै पनि कारणले हामीले गलत प्रतिनिधि चुन्यौ भने स्वभावतः अर्को पाँच बर्ष भ्रष्ट शासक र बेठिक कानुन निर्माता प्राप्त गर्नेछौँ । त्यसबाट चर्को दुःख सास्ती भोग्ने हामी मतदाता र मुलुक स्वयम्ले नै हो भत्रे कुरा निर्विवाद छ ।

खराब मानिसलाई प्रतिनिधिको रुपमा चुनेर पठाँउदा असल तथा चुस्तदुरुस्त शासनको अपेक्षा राख्नु बिषाक्त बीउ रोपेर मीठो स्वादिलो फलको अपेक्षा राख्नु सरह हुनेछ भत्रे कुरा सर्वविदितै छ । अतः आम निर्वाचनको पूर्वसन्ध्यामा हामी देशभरिका सम्पूर्ण नेपाली जनता र मतदाताहरूलाई हार्दिकअपिल गर्न चाहन्छौँ कि आफ्नो दलका नेता÷कार्यकर्ता वा आफन्त तथा चिनापर्चीको मानिस भयोभन्दैमा, कुनै पनि खालको भय, मोलाहिजा वा प्रलोभनमा परेर खराब प्रतिनिधिलाई मतदान गर्ने जस्तोगल्ती नगरौँ । यस निम्ती मुलत निम्न कुरामा विशेष ध्यान दिऊ ।

क) देशद्रोही /राष्ट्रघातीहरु
ख) भ्रष्टचारजन्य कार्यहरुमा संलग्न हुदै आएकाहरु
ग) पटक पटक मौका पाएर पनि असफल तथा असक्षम भएकाहरु
घ) विभिन्न शक्तिहरुसंग खेल्दैआएका अवसरवादी तत्वहरु

माथी उल्लेखीत चारै प्रकारका कुनै उम्मेद्धारहरु तपाइको कुनैपनि निर्वाचन क्षेत्रबाट भाग लिएका छनभने त्यस्ता उम्मेद्धारहरुलाई मतदान गर्नु आफु पनि सोहि कार्यमा सहभागी हुनु सरह हो । साथै कैयौ उम्मेद्धारहरुलेगलत ढगंलेआजिर्त सम्पती पैसाकोरुपमा रेलेर मत किन्नेदुस्शाहश गर्दै आएका छन ।त्यस बाट पनि सर्तक रहदै आफ्नो अमुल्य मतलाई सहि ढंगले उपयोग गरी उपयुक्त पात्र चयन गरीराष्ट्रलाई निकट रहेको सम्भाव्य संकटबाट जोगाउन सम्पुर्ण मतदाताहरुलाई हार्दिक अपील गर्दछौं ।

प्रजातन्त्रको सुन्दरताको लागी निर्वाचन पनि अनिवाय सर्त हो । अहिलेको निर्वाचनमा उपस्थितउम्मेद्धारहरुबाट मुलुकले अग्रगामी निकास पाउन सक्ने भरपर्दो सम्भावना नदेखीयता पनि निर्वाचनस्वतन्त्र, स्वच्छ, धादलीरहित, निश्पक्ष र भयरहित हनु  पर्दछ । सत्ताधारीहरु सत्तामा रहरेै गरीएकोनिर्वाचन कुनै पनि अर्थमा निश्पक्ष र स्वच्छ हुनै सक्दैन ।

राष्ट्रिय ढुकुटी खर्च गरेर सत्तामा बसेकाहरुलडने चुनाब र सामान्य सडकको जनता लडने चुनाब आकाश जमिनको फरक छ । अझ सत्तामा नैरहेकाहरुले राष्ट्रिय ढुकुटी र माफीया एवं पुजीपतीहरुको सहयोगमा विपुल आर्थीक चलखेल गर्ने रत्यसको विकृती स्वरुप मतदाता खरिद गर्ने र फजुल खर्चको वेपर्वाहा लगानीले निवार्चन पद्धतिनै मुलुकले धान्न नसक्ने स्थिती पैदाभएको छ । यो पद्धतीलाई पुरै बदली निवार्चनको सम्पुर्ण दायित्व राज्यले नै बहन गर्ने गरी नयाँ ढगंले सोच्नुपर्ने बेला भएकोछ ।

वक्तब्य जारी गर्नेहरु
१. दिपेन्द्र बहादुर क्षेत्री पुर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग
२. श्याम श्रेष्ठ बाम बुिद्धजीबी तथा विश्लेषक
३. लोक कृष्ण भट्टराई अध्यक्ष, पुष्पलाल अध्ययन समाज
४ प्रा.डा. सुरेन्द्र केसी बाम बुिद्धजीबी तथा विश्लेषक
५. बोर्ण बहादुर कार्की बरिष्ठ अधिवक्ता
६ साध्यबहादुर भण्डारी संयोजक, नागरीकता अध्ययन कार्यदल
७ नारायण शर्मा संयोजक, एम सि सि खारेज अभियान
८. दिपक गैरे राष्ट्रियताको लागि अभियन्ता
९. एस.के तिमिल्सेना नागरीकताबारे अभियन्ता
१० डा. राजु चित्रकार सहप्रध्यापक
११. प्रकाश दाहाल राष्ट्रियताको लागि अभियन्ता
१२ हमी जि.यम. महिला अ. अभियन्ता, सुर्खेत
१३ संगीता नकर्मि महासचिब, राष्ट्रिय नेवाः पुचः
१४. कल्पना दर्लामी मगर राष्ट्रियताको लागि अभियन्ता, दाङ