९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सुशासन, विकास र समृद्धि गठबन्धनको एजेण्डा: अध्यक्ष दाहाल

सुशासन, विकास र समृद्धि गठबन्धनको एजेण्डा: अध्यक्ष दाहाल
अ अ+ अ-

लमजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र समृद्धि गठबन्धनको मुख्य एजेण्डा रहेको बताउनुभएको छ ।

लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा आज राइनास नगरपालिका–४ सातविसेकमा आयोजित चुनावीसभामा उहाँले विकास निर्माण र समृद्धिमा गठबन्धन लाग्ने बताउनुभयो ।

“गठबन्धनका पक्षमा देशव्यापी लहर आएको छ, यसले गठबन्धनका अधिकांश उम्मेदवार विजयी हुने विश्वास लिएको छु”, उहाँले भन्नुयो, “गठबन्धनको जीत सुनिश्चित छ ।”

शान्ति प्रक्रिया टुङ्ग्याउने, जनताको अधिकारलाई बलियो बनाउने र देशलाई पछाडि धकल्ने, निरुङ्कुशतातिर र अँध्यारोतिर लैजान खोज्ने दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहेको उहाँले बताउनुभयो । मङ्सिर ४ मा हुने निर्वाचनले जनता कुन पक्षमा छन् भन्ने स्पष्ट हुने उहाँको भनाइ छ ।

“यो युगान्तकारी परिवर्तन, राष्ट्र, बचाउने, शान्ति कायम गर्नमा नेपाली कांग्रेस र माओवादीका नेता तथा कार्यकर्ताको भूमिका छ”, उहाँले भन्नुभयो, “यसका लागि कैयनको ज्यान गएको छ, म उहाँहरुलाई सम्मान गर्न चाहन्छु ।”

मुलुकमा अझै पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको भन्दै उहाँले अब बन्ने गठबन्धनको सरकारले उक्त जिम्मेवारी पूरा गर्ने उहाँको दाबी छ ।

हाँले गोरखा, तनहुँ लमजुङकै वरिपरिका गठबन्धनका उम्मेदवारले नै सरकरको नेतृत्व गर्ने सम्भावना रहेको जिकिर गर्दै गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताउनुभयो ।

उहाँले चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि करिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताउनुभयो । त्यस्तै, डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्र गर्न पहल गर्ने उहाँले आश्वासन दिनुभयो । त्यस्तै मुलकमा शान्ति, लोकतन्त्र, जनताको अधिकारमा खतरा रहेसम्म गठबन्धन कायम रहनेसमेत दाबी गर्नुभयो ।

त्यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेतारामचन्द्र पौडेलले गठबन्धन मुलुकको आवश्यकताका आधारमा गठन भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

“माओवादीका कार्यकर्ताले रुख चिन्ह र कांग्रेसका कार्यकर्ताले हसियाँ हतौडा हाम्रै चिन्ह हो भनेर नहिच्किचाइ भोट हाल्नुपर्छ”, उहाँले भन्नुभयो ।

आफूहरुले ७० वर्ष लडेर ल्याएको राजनीतिक परिवर्तले दलित जनजाति, उत्पडित, महिलालगायतको अधिकार स्थापित भएको भन्दै पौडेलले गाउँगाउँमा सिंहदरबार आएको बताउनुभयो ।

“अब देशले राजनीतिमा नयाँ प्रयोग देशले पटकपटक धान्न सक्दैन”, उहाँले भन्नुभयो, “जुन परिवर्तन ल्यायौँ यसलाई नै दिगो बनाउँदै मुलुकको विकास गर्नुपर्छ ।”

उहाँले रोजगारीको अभावमा विदेश जाने श्रमिक बढ्दा गाउँ रित्तो हुँदै गएको भन्दै अब गाउँमै रोजगारी सिर्जना गर्ने दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव तथा लमजुङ प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले आफू र गठबन्धनले जितेमा मात्र जिल्लामा विकासको लहर आउने जिकिर गर्नुभयो ।