• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

‘उचाई’को प्रशंसा गर्दै गिरीले भने– भारतबाट नेपालको विषयमा बनेको सबैभन्दा राम्रो फिल्म



काठमाडौँ । नेपालमा समेत छायांकन भएको बलिउड फिल्म ‘उचाई’ शुक्रबारदेखि नेपालमा पनि रिलिज भएको छ ।

नेपालको सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले भन्छ । नेपाल र सगरमाथाको विषयमा बोलिएका मन छुने सम्वादले धेरैको मन छुन सफल भएको छ ।

यसैबीच, अभिनेता दीपकराज गिरीले फिल्म ‘उचाई’ भित्र रहेका नेपाल र सगरमाथाका बारेमा बोलिएको मन छुने संवादहरूले आँखा रसाएको बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यो फिल्म भारतबाट नेपालको विषयमा बनेको सबै भन्दा राम्रो चलचित्र भएको भन्दै तारिफ गरेका छन् ।

उनले लेखेका छन्, ‘चलचित्र ‘उचाई’ । चलचित्र हेरिरहँदा नेपाल र सगरमाथाका बारेमा बोलिएको मन छुने संवादहरूले आँखा त्यसै रसाएर आउँछ । भारतबाट नेपालको विषयमा बनाएको सम्भवतः सबैभन्दा राम्रो चलचित्र । समय मिल्छ भने हामीले पनि हेरेर साथ दियौ…जय नेपाल ।’

सुरज वर्जत्य निर्देशित फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको प्रमुख भूमिका रहेको छ ।

फिल्ममा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् । भारतको मुम्बईदेखि नेपालको सगरमाथासम्मको यात्रालाई फिल्ममा चित्रण गरिएको छ ।