२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘उचाई’को प्रशंसा गर्दै गिरीले भने– भारतबाट नेपालको विषयमा बनेको सबैभन्दा राम्रो फिल्म



अ+ अ-

काठमाडौँ । नेपालमा समेत छायांकन भएको बलिउड फिल्म ‘उचाई’ शुक्रबारदेखि नेपालमा पनि रिलिज भएको छ ।

नेपालको सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले भन्छ । नेपाल र सगरमाथाको विषयमा बोलिएका मन छुने सम्वादले धेरैको मन छुन सफल भएको छ ।

यसैबीच, अभिनेता दीपकराज गिरीले फिल्म ‘उचाई’ भित्र रहेका नेपाल र सगरमाथाका बारेमा बोलिएको मन छुने संवादहरूले आँखा रसाएको बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यो फिल्म भारतबाट नेपालको विषयमा बनेको सबै भन्दा राम्रो चलचित्र भएको भन्दै तारिफ गरेका छन् ।

उनले लेखेका छन्, ‘चलचित्र ‘उचाई’ । चलचित्र हेरिरहँदा नेपाल र सगरमाथाका बारेमा बोलिएको मन छुने संवादहरूले आँखा त्यसै रसाएर आउँछ । भारतबाट नेपालको विषयमा बनाएको सम्भवतः सबैभन्दा राम्रो चलचित्र । समय मिल्छ भने हामीले पनि हेरेर साथ दियौ…जय नेपाल ।’

सुरज वर्जत्य निर्देशित फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको प्रमुख भूमिका रहेको छ ।

फिल्ममा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् । भारतको मुम्बईदेखि नेपालको सगरमाथासम्मको यात्रालाई फिल्ममा चित्रण गरिएको छ ।

 




भर्खरै