१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले
अ अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरु राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँगको छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्म सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको हो ।

सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकारले ‘शुन्य सहनशीलता’को नीति अङ्गीकार गरेको बताउनु भयो । राज्य सञ्चालनमा जवाफदेहिता र पारदर्शिता अनिवार्य रहेको उहाँको भनाइ छ । अर्थमन्त्री डा. वाग्लेले मुलुकमा सुशासनको स्पष्ट सोच अघि सारिएको र यसमा कुनैपनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभयो ।

विगतका विकृति र विसङ्गतिहरूलाई त्याग्दै कर्मचारीतन्त्रमा सुधार ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । अर्थमन्त्री डा. वाग्लेले कर्मचारीहरूको कार्यक्षमता र सामथ्र्यका आधारमा उनीहरूलाई थप प्रोत्साहित गर्ने सरकारको योजना रहेको समेत जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले भन्नुभयो, ‘एउटा स्पष्ट सोच त आएको छ । एउटा सुशासन । यो हाम्रो एकदमै जिरो टोलरेन्स हैन यो इन्टेग्रिटी, जिरो टोलरेन्स टु करप्सनका मान्यतामा हामी कडा छौँ । सम्माननीय प्रधानमन्त्रीज्यू, हामी सबै मन्त्रीहरु यसमा वी आर हेल्ड एकाउन्टेबल बाई नेपाली जनता, बाई आवर पार्टी एण्ड बाई आवर रेस्पेक्टिभ लिडरसिप एज वेल भन्ने कुरामा हामी एकदमै कडाका साथ अगाडि जानुपर्ने छ । पुराना विकृतिहरु विसंगतिहरुलाई छोड्दै जाने हो र सामथ्र्य अनुसार हामी फेरी कर्मचारीतन्त्रलाई इन्सेन्टिभाइज पनि गर्छौँ भनेका छौँ ।’

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन र शासकीय सुधारका लक्ष्यहरू हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै उहाँले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आ–आफ्नो जिम्मेवारी र नैतिकतालाई केन्द्रमा राख्नुपर्ने बताउनु भयो ।