२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ता कुटिएको विरोधमा दार्चुलामा सत्ता गठबन्धनद्वारा सडक अवरुद्ध



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटेको भन्दै दार्चुलामा सत्ता गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन् । प्रहरीका अनुसार गठबन्धनका कार्यकर्ताहरुले गोकुलेश्वर खार खलंगा सडकको धुलीगाडा क्षेत्रमा सडक बन्द गरेका हुन् ।

आइतबार एमाले कार्यकर्ता र एमालेका कायकर्ताबीच झडप भएको थियो । नौगाड गाउँपालकिा–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धनका कार्यकर्ता र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कार्यकर्ताबीच झडपमा नेकपा (माओवादी केन्द्र)का जयभानसिंह धामी घाइते भएका थिए । घाइते धामी माओवादी केन्द्र काठमाडौँ–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् ।

गठबन्धनका कार्यकर्ताले झडपमा संलग्न एमाले कार्यकर्तालाई पक्राउ गरेमात्रै सडक खोल्ने बताएका छन् । जिल्लाभरका सयौँ कार्यकर्तालाई परिचालन गरेर गठबन्धनले धुलीगाडा खेडा क्षेत्रमा सडक बन्द गराएको एमाले कार्यकर्ताहरुले बताएका छन् ।

सडक अवरुद्ध हुँदा नौगाडमा भएको चुनावी सभामा गएका एमाले कार्यकर्ता तथा स्थानीय बासिन्दा घर फर्कन सकेका छैनन् । प्रशासनले दुवै सुरक्षा बैठक राखेर सडक खुलाउने प्रयास गरिरहेको बताइएको छ ।