५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासीपूर्वमा यस्तो छ निर्वाचनको तयारी



अ+ अ-

नवलपरासीपूर्व । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले सम्पन्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम तयारी गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, “निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान केन्द्रमा भइसकेको छ ।” निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षाको व्यवस्था सुदृढ बनाइएको उनको भनाइ छ । उनका अनुसार जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित छन् । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा मतदान अधिकृत, कर्मचारी मतपत्रलगायतको सुरक्षाको लागि मतदान केन्द्रमा थप प्रहरी परिचालन हुने बताए ।

मतदान अधिकृतलाई तालिम
जिल्लाभित्रको मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । सबै मतदान अधिकृतलाई नियुक्तिपत्र दिई शुक्रबार र शनिबार दुई निर्वाचन क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतको अभिमुखीकरण कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए । प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको नवलपरासीपूर्वमा एक सय १३ मतदानस्थल र तीन सय दुई मतदान केन्द्र रहेका छन् ।

मतदान अधिकृलाई निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्थापन र मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम, जनशक्ति, आर्थिक व्यवस्थापन, मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझेपश्चात् मतपेटिका बुझाउनेसम्मको प्रक्रियालगायत विषयमा अभिमुखीकरण दिइएको जनाइएको छ ।

निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिएको उहाँले जानकारी दिए । निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी परिचालन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी परिचालन गरिएको छ ।

सबै पालिकामा नमूना मतदान
बदर मत कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वले आठ वटै पालिकामा नमूना मतदान कार्यक्रम गरेको छ । विद्यार्थी तथा स्थानीयलाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका पदाधिकारी र केही स्थानीयको सहभागितामा नमूना मतदान सञ्चालन भएको थियो । मतदाता प्रशिक्षण कार्यक्रम प्रभावकारी नभएको जनगुनासो आइरहँदा उच्च शिक्षा हासिल गर्ने विद्यार्थी तथा स्थानीयलाई लक्षित गरी नमूना मतदान गर्न सिकाइएकाले विद्यार्थीले आफू र आफ्नो परिवारलाई मतदान गर्न सिकाउने अपेक्षाका साथ नमूना मतदान कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन अधिकारी भुषालले बताए ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।