२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी स्थानहरुमा हिमपातको सम्भावना



अ+ अ-

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसोः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका हिमाली भूभागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।