• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा प्रतिष्पर्धा गरौँः सम्मानित नेता खनाल ★   महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन सक्दैनन्ः अध्यक्ष राउत ★   जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्याेः सभापति लामिछाने ★   नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः अध्यक्ष श्रेष्ठ ★   कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयोः अध्यक्ष यादव ★   संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यकः देउवा ★   राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह ★   मोनाली ठाकुरलाई कन्सर्टमा दुर्व्यवहार, दर्शकहरुमध्ये एक व्यक्तिले गोप्य अंगमा टिप्पणी गरे ★   बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल अर्थोपेडिक अस्पतालमा ★   युरो कपमा आज नकआउट चरणका दुई खेल हुँदै

युएइसँगको श्रृंखला अवसर हो– प्रशिक्षक मनोज प्रभाकर



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकारले सोमवारबाट आयोजना हुने संयुक्त अरब इमिरेट्स (युएई) सँगको तीन एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला, विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि अनुभव बटुल्ने अवसर भएको बताउनुभएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँगको श्रृंखला अघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षका मनोज प्रभाकारले विश्वकप खेलेर फर्किएको टोली युएईसँग खेल्ने अवसर र चुनौति दुवै रहेको बताउनुभएको हो । प्रशिक्षक प्रभाकारले युवा खेलाडीको बाहुल्यता भएको टोलीले श्रृंखलामा राम्रो प्रदर्शन गर्ने अपेक्षा राख्नुभयो । युएईसँग खेल्न पाउनु लिग–२ को श्रृंखला खेलिरहेको नेपाली टिमका लागि फाइदाजनक रहेको बताउनु भयो । प्रशिक्षक प्रभाकरले नेपाली टोलीको प्रदर्शनमा सुधार भइरहेको भन्दै खुशी व्यक्त पनि गर्नुभयो ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदैछ । खेलको अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा दवबै टोलीका कप्तानले राम्रो खेलेर श्रृंखला आफ्नो पक्षमा पार्ने बताए । नेपाली टोलीका नवनियुक्त कप्तान रोहितकुमार पौडेलले भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटबाट खेलाडीलाई अभ्यास पुगेको भन्दै युएईसँगको खेल राम्रो हुने अपेक्षा राख्नुभयो । विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला अघि विश्वकप खेलेको टोलीसँग अनुभव सगाल्ने राम्रो अवसर भएको बताए ।

यस्तै युएई टोलीका कप्तान सिपी रिजवानले नेपाल भ्रमण यसअघि पनि गरिरहेको र केही खेलाडीमा नेपालको प्रतियोगितासँग अनुभव भएको भन्दै प्रतिष्पर्धात्मक खेल हुने धारणा राख्नुभयो । उहाँले घरेलु टोलीसँग राम्रो खेलेर श्रृंखलाको उपाधि लगेर जाने खेल अघिको पत्रकार सम्मेलनमा बताउनु भयो ।

भ्रमणकारी युएईसँगको खेलका लागि शुक्रवार क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो । उता युएईले पनि नेपाल भ्रमणका लागि कार्तिक २६ गते नेपाली भूमीमा केही प्रतियोगिता खेलेर अनुभव बटुलेका रोहन मुस्ताफालाई समेट्दै १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको थियो । यस्तै क्यानले युएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाका लागि टिकट मूल्य पनि तय गरेको छ । क्यानले सिरिजको टिकट मूल्य २ सय राखेको जनाएको छ । टिकट प्रभु पेबाट किन्न सकिनेछ । नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय श्रृंखला अन्तर्गत सोमवार पहिलो खेल खेल्दैछ । यस्तै दोस्रो खेल बुधवार र तेस्रो खेल शुक्रवार हुने तालिका छ ।