१८ भाद्र २०८३, बिहीबार
,
Latest
भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा प्रतिष्पर्धा गरौँः सम्मानित नेता खनाल



तस्बिर: हरिराम भेटुवाल/रासस
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा सबैले प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार पार्टीको राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा कसरी गर्ने भन्नेकुरामा प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले देशको सामाजिक आर्थिक रुपान्तरण कसरी हुन्छ ? कृषिलाई कसरी अग्रगतितर्फ लैजाने भन्नेबारेमा पनि सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले देशको शिक्षा र स्वास्थ्यमा धेरै विकृतिहरु रहेको बताउनु भयो । उहाँले गम्भीर राष्ट्रिय सवालमा एकतावद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यो देशमा कसरी भ्रष्टाचारलाई समााप्त गर्न सकिन्छ भन्नेकुरामा प्रतिष्पर्धा गरौँ । यो देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, यो देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा गर्ने काममा हामी कसरी प्रतिष्पर्धा गरे अघि बढ्न सक्छौँ । यो देशको सामाजिक आर्थिक रुपान्तरण कसरी हुन्छ ? कृषिलाई कसरी अग्रगतितर्फ लैजान्छौँ । यो देशलाई राष्ट्रिय औद्योगिकरण कसरी गर्छौं, यो देशको शिक्षा र स्वास्थ्यमा हेर्नुुस् यति धेरै विकृतिहरु फैलिएका छन् । यो विकृतिको उरुङलाई कसरी बढार्ने । आज ठूलो समस्या छ । यि कुराहरुको लागि तपाईं हामी प्रतिष्पर्धा गरौँ । प्रतिष्पर्धाको साथसाथै मेल पनि गरौँ । एकतावद्ध भएर गम्भीर गम्भीर राष्ट्रिय सवालमा एकतावद्ध भएर किन अगाडि बढ्न सक्दैनौँ । निश्चय पनि अघि बढ्न सक्छौँ ।’

सम्मानित नेता खनालले सुखी नेपाली समृद्ध नेपालतिर देशलाई सबै मिलेर अघि लैजानुपर्ने बताउनु भयो । पार्टीको नयाँ नेतृत्व सकेसम्म एकै आवजका साथ सहमतिबाट गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल