८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमला वली, कहिले यता कहिले उता ! अहिले फेरि माओवादी केन्द्रमै



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् ।

पछिल्लो एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान भने प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी हुन् ।

उनी आफैं पार्टीको सम्पर्कमा आएको माओवादी संसदीय दलका एक सदस्यले जनाएका छन् ।

विमलाले केही घण्टा आराम गरेर आज दिउँसो नै पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गर्ने बताइएको छ । 

दुई दिनअघि मात्रै विमलाको हस्ताक्षरमा आफू एमालेमै रहेको व्यहोराको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो । तर माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाएको थियो ।

दाङ ३ (ख) मा  भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । 




न्यूजपोलारबाट थप समाचार