२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा–२ का स्वतन्त्र उम्मेदवार गणेश देवकोटाद्धारा प्रतिवद्धतापत्र सार्वजनिक



अ+ अ-

काठमाडौं, २७ कात्तिक । गोरखा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उम्मदेवार गणेश देवकोटाले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै देवकोटाले बिना बिधि र प्रक्रियाबाट निरंकुश चिन्तनशैलीद्धारा सत्ता कब्जा गर्न खोज्ने अधिनायकबादी अराजक प्रवृतिविरुद्ध आफूले उम्मेदवारी दिएको बताए । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा उनी चुनाव चिन्ह खरायो लिएर चुनावी मैदानमा होमिएका छन् ।

देवकोटाले सत्तागठबन्धनको नाममा गोरखा–२ मा नेपाली कांग्रेसले आफ्नै पार्टीको उम्मेदवारलाई प्रोत्साहन नगरेको उनले टिप्पणी गरे । सत्ता स्वार्थको कारण गरिएको गठबन्धनले राष्ट्रहित नहुने उनले स्पष्ट पारे ।

उनले विकास छरप्रष्ट भएका विकास कार्यक्रमका योजनाहरुलाई उनले दिगो विकासको अवधारणाअनुसार सञ्चालन गर्न प्रतिवद्धता गरेका छन् । कानुनी शासनद्धारा प्रत्येक आर्थिक, सामाजिक, प्रशासनिक र राजनैतिक क्षेत्रमा सुशासन तथा पारदर्शिता कायम गर्न नीति नियममा भएका त्रुटी सच्चाएर भ्रष्टाचार निर्मुल गर्न भ्रष्टहलाई दण्डित गर्न अग्रसर हुने पनि उनको प्रतिज्ञा छ ।

त्यस्तै, देशमा रोजगारीको सृजना गरी आफ्नै देशमा रहेर कार्य गर्न उद्यमी,सीप र कार्यक्षमता र क्षमता अभिवृद्धि गर्न युवा शसक्तिकरण गर्ने कार्यक्रम र योजना सञ्चालन गर्ने समेत प्रतिवद्धतापत्रमा उल्लेख छ ।

संसदीय प्रजातान्त्रिक प्रणाली ध्वस्त पार्ने, देशमा अराजकता, अशान्ति मच्चाउने, राष्ट्रिय एकता भाड्ने बाबुराम भट्टराई र प्रचण्डलाई पालैपालो उम्मेदवारी प्रस्ताव गरेकोमा आपक्ति जनाउँदै सत्ता स्वार्थी अराजक र हिंसाद्धारा सत्ता कब्जा गर्न खोज्ने नेतृत्वविरुद्ध उम्मेदवारी दिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

योगदान कर्ता र लगनशील कार्यकर्ता र नेताहरुलाई काम गर्न पे्ररित गर्नुपर्ने उनको राजनैतिक मान्यता रहेको छ । उनको राजनैतिक प्रतिस्पर्धामा राजनैतिक कार्यकर्तालाई सहभागी नगराउँदा राजनैतिक कृयाशीलता नहुने र पार्टी संगठन कमजोर हुने ठहर छ ।
उनले राजनैतिक संगठनको विचार, सिद्धान्त, आदर्श, मुल्य, मान्यता, नीति, कार्यक्रम र कार्ययोजनाले नै देश र देशबासीको समृद्धी विकास गराउने भन्दै त्यतातिर ध्यान दिनुपर्नेमा जोड दिए ।

देवकोटाले अपिवत्र र अप्राकृतिक गठबन्धन स्थायी र दिगो नहुने टिप्पणी गरे । स्वार्थ मिलिन्जेल गठजोड र स्वार्थ बाँझिएमा गठबन्धन भत्किन सक्ने उनको आकंलन छ । उनले बहुदलिय संसदीय प्रजातान्त्रिक प्रणालीलाई सृदृढ तुल्याउन प्रयत्नशील रहुनुपर्ने धारणा राखे ।

लामो समयदेखि अध्यापन गराउदै आएका देवकोटा नेपाली कांग्रेसमा आवद्ध भएर २०४२ सालको सत्याग्रह, २०४५ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन र ०६२/०६३ सालको गणतान्त्रिक आन्दोलनको अंगपंक्तिमा सहभागी हुँदै उनले पटकपटक गरी आठ महिना जेल सजाय भोगेका छन् ।