१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

सार्वजनिक यातायात प्रणालीलाई सुधार गरेपछि सडक सुरक्षामा काम गर्न सहज हुन्छ — प्रमुख शाह(भिडीयोसहित )

सार्वजनिक यातायात प्रणालीलाई सुधार गरेपछि सडक सुरक्षामा काम गर्न सहज हुन्छ — प्रमुख शाह(भिडीयोसहित )
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सडक सुरक्षाका लागि काठमाडौँको सार्वजनिक यातायात प्रणालीलाई भरपर्दो बनाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ महानगरसँगको सहकार्यमा सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लव अफ दरबारमार्गले आयोजना गरेको कार्यशालाको शुभारम्भ गर्दै प्रमुख शाहले सार्वजनिक यातायातलाई भरपर्दो बनाउनको लागि वहुपक्षीय जिम्मेवारी पूरा हुनुपर्नेमा जोड दिएका हुन् ।

प्रमुख शाहले भने , ‘ठूला २ सय सार्वजनिक सवारीले पुग्ने काठमाडौँको चक्रपथमा २ हजार सवारी गुड्छन् । जति धेरै यात्री राख्न सक्यो उत्ति नै आय आर्जन हुन्छ । यसकारण सार्वजनिक सवारी सञ्चालकहरुविच अस्वस्थ्य प्रतिस्पर्धा भयो । सडक असुरक्षाका कारणमध्ये यो अवस्था पनि एउटा हो । यसलाई पिक एण्ड ड्रपको माध्यमबाट जसले जति यात्री बोके पनि आयमा असर नपर्ने वातावरण सिर्जना गर्नुपर्छ । त्यसो हुन सक्यो भने अनियन्त्रित गतिमा गुड्ने सवारीको गतिमा नियन्त्रण हुन्छ र दुर्घटनामा कमी आउँछ ।’

काठमाडौँको सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनका लागि जारी भएको काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण ऐनले सडक सुरक्षाका लागि नतिजामुलक काम गर्ने वातावरण बन्नेमा प्रमुख शाहले विश्वस्त पारे । उनले भने, ‘सार्वजनिक यातायातमा विश्वाश नभएकोले उपभोक्ता सबैले साधन किन्नु प्यो । सबैले आफ्नै सवारी किनेपछि चाप धेरै भयो । यातायात व्यवस्थापनका चुनौतीमध्येको अर्को यसप्रकारको चाप पनि हो । सार्वजनिक यातायात प्रणालीमा विश्वाश बढाएपछि यो चाप घटाउन सकिन्छ ।’

कार्यशाला राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, विश्व स्वास्थ्य संगठन नेपाल, नेपाल इन्ज्युरी रिसर्च नेपाल, नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरको सहयोगमा सञ्चालन भएको हो । कार्यशालामा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले, सडक दुर्घटना, त्यसबाट हुने चोटपटक र मृत्यु घटाउने दिशामा काम गर्नु अहिलेको जरुरी भएको बताए । ‘इञ्जिनियरिङ् (सडक निर्माण), इन्फोर्समेन्ट (सडक सञ्चालन र यातायात व्यवस्थापन) र एजुकेसन (सचेतनाका कार्यक्रम) बाट सडक सुरक्षा बढाउन सकिन्छ । ‘अहिले सडक वर्गीकरण, राष्ट्रिय यातायात नीतिलगायत केही कानुनी व्यवस्थामा काम भइरहेको छ । यसबाट आवश्यकता र सम्बन्धित कार्यालयको क्षेत्राधिकार स्पष्ट हुन्छ । एउटै कामका लागि क्षेत्र र अधिकार बाँडिएकाले अहिले नतिजामुलक काम गर्न कठिन भएको हो ।’

कार्यशालामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। कृष्ण पौडेलले भने, ‘चोटपटक जनस्वास्थ्यका दृष्टिले गम्भीर विषय हो । यति भइकन पनि दुर्घटना घटाउनमा एकीकृत काम हुन सकेको छैन । उनले २०७७/०७८ को नेपाल प्रहरीको तथ्याङ्क उधृत गर्दै भने, ‘यो बर्ष सडक दुर्घटनामा परेका २ हजार ८७२ जनाको ज्यान गयो । ७ हजार २८२ जना गम्भीर प्रकारको चोटपटकमा पर्नुभयो । २५ हजार व्यक्तिलाई चोटपटक लाग्यो । यो सामान्य खालको समस्या होइन ।’

नेपालमा प्रति १ लाख व्यक्तिमध्ये ९ दशमलव ४ प्रतिशत व्यक्तिमा दुर्घटनाजन्य क्षति भएको तथ्याङ्क छ । यसबाट हरेक बर्ष करीव ३ हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करीव ६ हजार व्यक्तिले गम्भीर प्रकृतिको चोटपटकको सामना गरिरहेका छन् । विश्वमा हरेक २४ सेकेण्डमा १ जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेको तथ्याङ्क छ ।

यसप्रकारको क्षति घटाउन विश्व स्वास्थ्य संगठन नेपालले काम गरिरहेको छ । कार्यशालामा संगठनका प्रतिनिधि ग्याम्बो शेर्पाले, आफूहरुले नीति र सचेतनाका कार्यक्रममार्फत समन्वयात्मक भूमिकामा रहेको उल्लेख गरे ।

कार्यशालामा राष्ट्रिय सडक सुरक्षाको अवस्था र दशक कार्ययोजना, सडक दुर्घटना, खोज उद्धारको चुनौती, विपद क्षति न्युनीकरणका लागि सरकारका प्रयास, प्रि हस्पिटल, हस्पिटल र पोष्ट हस्पिटल तथा जनस्वास्थ्यजन्य विपद पूर्वतयारीलगायतका विषयमा प्रस्तुतिकरण तथा समूहगत छलफल हुनेछ ।

यस अघि काठमाडौँ उपत्यकाका पालिकाहरुबाट ४० जना अग्नि नियन्त्रक तथा अवलोकनकर्तालाई यसै विषयमा प्रशक्षिण गराइएको छ । वेलायतको ग्रेटर मेनचेस्टर फायर एण्ड रेस्क्यु सर्भिसका रोवट व्रिटल्स र जन्सन स्नुहामले प्रशिक्षण दिनुभएको हो । तालिममा दुर्घटना र मानवीयताको कोण, घटनास्थलमा पुग्ने र अवस्थाको विश्लेषण गर्ने, सवारीको अवस्था र त्यसलाई स्थित बनाउने तरिका, खोज, उद्धारका लागि भौतिक साधन तथा उपकरणको व्यवस्थापन, अन्य जोखिम भए त्यसलाई घटाउने वा हटाउने, उद्धार कार्यको समाप्तिलगायत विषय समावेश थिए । तालिमका क्रममा सैद्धान्तिक ज्ञानसहित व्यवहारिक सीपका लागि प्रयोगात्मक कक्षा सञ्चालन भएका थिए ।

सडक प्रयोगकर्तामध्ये पैदलयात्री, साइकलयात्री र मोटरसाइकल यात्री सडक दुर्घटनाको सबैभन्दा जोखिममा पर्ने गरेका छन् । सन् २०३० सम्ममा पूरा गर्नु पर्ने दिगो विकास लक्ष्यमा सडक दुर्घटनालाई आधा घटाउनु पर्ने सूचक छ ।