९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राजेशकुमार गुप्ताको अध्यक्षतामा सरकारी प्रयोगशालाकर्मी संघ नेपालको कार्यसमिति गठन

राजेशकुमार गुप्ताको अध्यक्षतामा सरकारी प्रयोगशालाकर्मी संघ नेपालको कार्यसमिति गठन
अ अ+ अ-

काठमाडौं । सरकारी स्वास्थ्य प्रयोगशाला सेवालाई विश्वसनीय र परिणाममुखी बनाउनका लागि स्वतन्त्र र राजनीतिक हस्तक्षेपहीन अविच्छिन्न उत्तराधिकारीवाला स्वशाशित गैरनाफामूलक संस्थाको रुपमा सरकारी प्रयोगशालाकर्मी संघ नेपाल गठन भएको छ ।

हिजो (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर संस्था स्थापना र यसको उद्देश्यबारे जानकारी गराईएको हो । संस्थाको कार्यसमितिको अध्यक्ष भने राजेश कुमार गुप्ता रहेका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा सन्तोष सुवेदी, उपाध्यक्षद्धयमा पदमानाभ घिमिरे र खेमराज सापकोटा रहेका छन् । महासचिवमा भने खुमराज शर्मा छन् ।

यस्तै, सचिवद्धयमा कृष्णप्रसाद जैसी र ईश्वरीप्रसाद भुसाल रहेका छन् । लेखनाथ भट्टराई भने संस्थाको कोषाध्यक्षको जिम्मेवारीमा छन् । संघमा ९ जना सदस्यहरु रहेका छन् । जसमा परमानन्द भण्डारी, नविन कर्माचार्य, किरण पौडेल, शैलेश थपलिया, सुजाता श्रेष्ठ, अमित कार्की, श्रेष्का श्रेष्ठलगायत छन् ।

संस्था स्थापनाको सम्बन्धमा जारी वक्तव्यमा भनिएको छ,‘बदलिँदो विश्व परिवेश अनुकुल सरकारी क्षेत्रबाट उपलब्ध गराईने चिकित्सा प्रयोगशाला सेवालाई आधुनिकीकरण गर्दै दक्षतापूर्वक जनमुखी बनाउनको लागि सरकारी चिकित्सा प्रयोगशालाकर्मीहरुको पेशागत हकहितको सुनिश्चित्ता एवं व्यक्तित्व विकासको अहम् भूमिका रहेको परिप्रेक्ष्यमा सुसंगठित हुन अपरिहार्यता बोध गरी सरकारी सेवामा कार्यरत स्थायी प्रयोगशालाकर्मीहरुको पेशागत हकहितको सम्वद्र्धन र संरक्षण गर्न एवं उनीहरुको सेवालाई अझै जनमुखी तथा प्रभावकारी बनाउनका साथै सरकारी स्वास्थ्य प्रयोगशाला सेवालाई विश्वसनीय र परिणाममुखी बनाई देश विकासको कार्यमा उल्लेखनीय योगदान पुर्याउने उद्देश्यले एक स्वतन्त्र र राजनीतिक हस्तक्षेपहीन अविच्छिन्न उत्तराधिकारीवाला स्वशाशित गैरनाफामूलक संस्थागको गठन गर्न वाञ्छनीय भएकोले संस्था दर्ता ऐन २०३४ बमोजिम, ‘सरकारी प्रयोगशालाकर्मी संघ नेपाल’ नामक संस्था स्थापना गरी आधिकारिक रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको जानकारी गराउँदछौं ।’

संस्थाले कोभिड–१९ पिसिआर हिरो छनौटको प्रक्रिया र मापदण्डबारे पनि जानकारी गराएको छ । जसअनुसार प्रयोगशालाकर्मीहरुले (सहायक चौथो तहदेखि अधिकृत ११औं तह वा प्रयोगशाला विशेषज्ञ) नेपाल सरकारले कोभिड–१९ महामारी घोषणा गरेको मितिदेखि कम्तिमा ६ महिनासम्म सरकारी वा नेपाल सरकारद्धारा मान्यता प्राप्त निजी पि.सि.आर. प्रयोगशालामा कोभिड–१९ पिसिआर परिक्षणसम्बन्धी कार्यहरु (स्वाव कलेक्शन, पिसिआर परिक्षण, रेकर्डिङ तथा रिपोर्टिङ आदि) काम गरेको हुनुपर्ने राखेको छ ।

यस्तै, अर्को मापदण्डमा भने प्रत्येक सरकारी तथा निजी पिसिआर प्रयोगशालाहरुबाट उत्कृष्ट काम गरेको कम्तीमा एक जना प्रयोगशालाकर्मीको नाम आफ्नो संस्थाको ईमेल पठाउनको लागि पनि अनुरोध गरेको छ । प्रयोगशालाकर्मी आँफैले पनि आफ्नो बायोडाटा र पिसिआर प्रयोगशालामा काम गरेको आधिकारिक कागजात सहित विवरण पठाउनको लागि आगामी मंसिर १५ गतेसम्मको समयावधि तोकिएको छ । संस्थाले प्राप्त गरेका नामावलीमध्येबाट उत्कृष्ट १०० जना प्रयोगशालाकर्मीहरुको नाम संस्थाद्धारा गठित कमिटीबाट छनौट गरेर काठमाडौंमा भव्य कार्यक्रम गरेर ‘कोभिड–१९ पिसिआर हिरो’ नाम सम्मानबाट सम्मानित गरिने संस्थाले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष गुप्ताले संस्था गठनबारे प्रकाश पारेका थिए । उनले प्रयोगशालाबारे नेपालमा पनि प्रमाणपत्र तहदेखि विद्यावारिधीको तहसम्म पढाई हुने जनाए । सो अवसरमा उनले कोभिड–१९ पिसिआर हिरो अवार्डबारे पनि स्पष्ट पारेका थिए ।