९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव जित्नेमा ढुक्क छुः पम्फा भुसाल(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभाको निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताउनुभएको छ ।

आईतवार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरु गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबीसमेत गर्नुभयो । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरु सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुशी र सन्तुष्ट रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मैले यो क्षेत्रमा राम्रा कामहरु गरेको छु, जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन, यसभन्दा अगाडि पनि दुई पटकसम्म जितिसकेको हो, त्यस्ते डर मलाई छैन, जनताले, मतदाताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ, विगतमा झैँ यस पटक पनि आम मतदाताहरु खुशी हुनुहुन्छ, सबैको साथ र सहयोग मलाई प्राप्त छ । गठबन्धन र विशेष गरेर यही क्षेत्रको नागरिक भएकाले जनताले हामीलाई धेरै मन पराउनुभएको छ ।’

आसन्न निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेश सभा उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । आम मतदाताको घरमा पुगेर उम्मेदवारहरु आफूलाई भोट माग्न लागिपरेका छन् ।




भर्खरै