८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा ‘तथ्याङ्क विधेयक, २०७८’ पारित



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।  

सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयकउपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो । 

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद खिमलाल भट्टराई, कोमल वली र ठगेन्द्रप्रसाद पुरीले आ–आफ्नो धारणा राख्नुभएको थियो भने छलफलमा उठेका प्रश्नको मन्त्री कार्कीले जवाफसमेत दिनुभएको थियो । 




न्यूजपोलारबाट थप समाचार