११ असार २०८३, बिहीबार
,
Latest
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको होः प्रचण्ड



file
अ+ अ-

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताउनुभएको छ ।

चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहनुभएका उहाँले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हसियाँ हथौडा र हसियाँ हथौडाले रुखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताउनुभएको हो ।

अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र सविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुबै दल मिलेर नै गर्न सहज हुने बताउनुभयो । “राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभुति गर्ने गरी आर्थिक समृद्धि हुनसकेन”, उहाँले भन्नुभयो, “अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका छौँ ।”

अध्यक्ष दाहालले लामो समयदेखि बन्द रहेको पालुङटार एयरपोर्ट भिन्नरूपमा सञ्चालन गर्ने आफ्नो योजना रहेकोसमेत बताउनुभयो । “चुनाव अगाडि पुनः सञ्चालन गर्ने भन्ने नै थियो”, उहाँले भन्नुभयो, “निर्वाचनअघि आचारसंहिता लाग्ने भएकाले अब निर्वाचन सकिने बित्तिकै नयाँ ढङ्गबाट पहल सुरु हुन्छ ।” उहाँले एयरपोर्ट सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणसँग आफूले छलफल गरिसकेको जानकारी पनि दिनुभयो ।