८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न प्रधानमन्त्रीलाई १४ पूर्व प्रहरी प्रमुखले बुझाए ज्ञापन पत्र



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका १४ पूर्व महानिरीक्षक (आइजीपी)ले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग गरेका छन् ।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआइजीपीहरुले पूर्ववर्ती केपी ओली सरकारले गरेको निर्णय खारेज गर्न माग गरेका हुन् । 

ओली सरकारले २०७५ असोज २१ मा राष्ट्रपति कार्यालयलाई स्थान साँघुरो भएको भन्दै प्रतिष्ठानलाई पनौतीमा स्थानान्तरण गर्ने र उक्त स्थान राष्ट्रपति कार्यालय परिसरमा गाभ्ने निर्णय गरेको थियो ।

पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहोराको संयोजकत्वमा गएको टोलीमा पूर्वप्रहरी महानिरीक्षकहरू दुर्लभकुमार थापा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, प्रदीपशमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल र ठाकुरप्रसाद ज्ञवालीको हस्ताक्षर रहेको छ । यस्तै सर्वेन्द्र खनालको हस्ताक्षर भने ज्ञापन पत्रमा समावेश छैन ।

प्रहरी प्रशिक्षण प्रतिष्ठान रहेको जग्गा दिवंगत प्रहरी वरिष्ठ उपरिक्षक कृष्णभक्त श्रेष्ठले दान गरेको र सोही स्थानमा प्रतिष्ठानको प्रशासनिक भवन र फुटबल खेल मैदान रहेको पत्रमा उल्लेख गरिएको छ ।
 




न्यूजपोलारबाट थप समाचार