१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा, शाखा संख्या २८० पुग्यो



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले काठमाडौं उपत्यकाभित्र काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र असन, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुर जिल्ला ठिमी नगरपालिकाको गठ्ठाघरमा शाखा सञ्चालनमा ल्याएको हो । 

यसैगरी काठमाडौँ उपत्यकाबाहिर बैंकले एव्म धादिङ जिल्ला, निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बिचबजारमा गरी एकैसाथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जाल सहित २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २३ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिदैं बैंकले अझ एक कदम अघि सारेकोे छ ।