• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने ★   गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ★   नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध टस जित्यो, पहिला फिल्डिङ गर्ने ★   सार्वजनिक खरिद नियमावलीले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन : प्रधानमन्त्री ★   हार्दिक पाण्ड्यासँग किन रिसाए मालिंगा ? ★   शौचालयमा मृत भेटिइन् डा प्रतिभा ★   जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव ★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे

माओवादीका प्रदेश कमिटी सदस्य शेर्पासहित पाँच दर्जनभन्दा बढी एमालेमा प्रवेश



काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा नेपाल शेर्पा संघका पूर्व अध्यक्ष पेमाछिरी शेर्पा, गेल्जेन शेर्पा, प्रगति महिला समूहका अध्यक्ष फूलमाया गुरुङसहित ६० जना सामाजिक अभियन्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टी कार्यालय, च्यासल, ललितपुरमा उनीहरुलाई खादा र अवीर लगाई स्वागत गरे ।

एमालेमा प्रवेश गर्नेहरुमा प्रगति महिला समूहका शर्मिला तामाङ, सुनिता राई, मीना शेर्पा, दिकु शेर्पा, लामु शेर्पा, सावित्री श्रेष्ठ, गीता श्रेष्ठ, मेदो शेर्पा, इन्दिरा कार्की, विमला लामा, सविता लामा, इन्दु ढुग्रा, प्रमिला तिमिल्सिना, विमला लिम्बूू, विनिता ब्लोन, मैच्याङ तामाङ, लेमी शेर्पा, शुक्र तामाङ र सिर्जना कुँवर छन् ।

यसैगरी शुक्रबार नै काठमाडौं निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत कामनपा वडा नं. ४ मा आयोजित कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी परित्याग गरी दर्जनौं नेताकार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममा नेपाली कांँग्रेसका क्रियाशील सदस्य रमेश प्रजापति र आशिष महर्जन एमालेमा प्रवेश गरे ।

यस्तै, माओवादी केन्द्रबाट गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर–४ मा वडा सदस्यका उम्मेदवार रहेका दिनेश श्रेष्ठसहित राप्रपाबाट न्हुुछे प्रजापति र जसपाबाट शिव पाण्डे, अंशु उपाध्याय र विमला पाण्डे पनि एमालेमा प्रवेश गरे ।

उनीहरुलाई एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले पार्टीमा स्वागत गरे ।