२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानबाट शनिबार र आइतबार ८ लाख डोज कोभिड खोप काठमाडौं आउने



अ+ अ-

काठमाडौं । जापानले आगामी शनिबार र आइतबार नेपालका लागि आठ लाख डोज कोभिड खोप नेपाललाई उपलब्ध गराउने भएको छ ।

काठमाडौंस्थित जापानी दूतावासले बुधबार विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो । जापानमै बनेको एस्ट्रेजेनेका खोप नेपाल ल्याइन लागेको हो । जापानबाट नेपाल वायु सेवा निगमको विमानमार्फत खोप ल्याइने विज्ञप्तीमा उल्लेख छ ।

दूतावासका अनुसार जापानले नेपाललाई १६ लाख डोज खोप अनुदानका रूपमा दिन लागेको आधा हिस्सा आइतबारसम्म नेपाल आइसक्ने भएको हो।