२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेपाल समुहको बैठक बस्दै , एमालेको आपत्ति



अ+ अ-

काठमाडौ ।  नेकपा एमाले माधब नेपाल समूहले आफूपक्षका नेताहरुको केन्द्रीय समितिको बैठक बिहिबार लागि बोलाएको छ । नेपाल समूहले एमालेको नाममा बैठक बोलाएको भन्दै एमालेले आपत्ति जनाएको छ । कार्यालय सचिव शेरबहादुर तामाङले बुधबार एक बिज्ञप्ति जारी गर्दे नेपाल पक्षको भेलालाई अनाधिकृत भएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको छ । 

एमाले कार्यलय सचिब शेरबहादुर तमाङ्गले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ –‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण १ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरुमा अपिल गर्दछु ।’

बुधबारका लागि बोलाईएको बैठक  आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित भएको थियो । भेलामा जिल्ला जिल्लामा रहेका सबै सदस्यहरु लाई बैठकमा सहभागी हुन खबर पठाईएको छ ।

बिहिबार काठमाडौको बुद्धनगर स्थित एक  पार्टी प्यालेशमा बैठक बस्न लागेको छ । यस पटक को बैठक निर्णायक हुने भन्दै एक केन्द्रीय सदस्यले भने  नेता नेपाल सहित कार्यदलमा रहेका सदस्यहरु संग हाल सम्मको अबस्था र अबको बाटो बारे ठोस निर्णय हुन्छ ।  ती नेताका अनुसार दुई अध्यक्ष बनाएर दुबैको हस्ताक्षरले बैधानिकता पाउने अबस्थामा मात्र एकता हुन्छ नत्र अलग पार्टी बनाएर जाने कुरा अघि बढ्छ । 

बिभिन्न निकायमा निर्बाचित पदाधिकारीहरुको पद जोगाउने बिषय मुख्य चुनौति रहेको भन्दै त्यसको उपाए खोजी भै रहेको ती नेताले जानकारी दिनुभयो ।  दुई नेताको हस्ताक्षर सहित को एकता नभए  आफू पक्षमा जति सक्यो धेरै सासद र केन्द्रिीय सदस्यको हस्ताक्षर जम्मा पार्ने र लगत्तै राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरेर नयाँदल क्रियाशिल हुने पनि उहाँले जानकारी दिनुभयो । अध्यादेश जारी गर्दा बिरोध हुदै गर्छ तर जारी हुन्छ  त्यस पछि मात्र सरकारले पूर्णता पाउछ त्यस बेला सम्म सरकारले पूर्णता पाउदैन  ।