१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेपाल समुहको बैठक बस्दै , एमालेको आपत्ति



अ+ अ-

काठमाडौ ।  नेकपा एमाले माधब नेपाल समूहले आफूपक्षका नेताहरुको केन्द्रीय समितिको बैठक बिहिबार लागि बोलाएको छ । नेपाल समूहले एमालेको नाममा बैठक बोलाएको भन्दै एमालेले आपत्ति जनाएको छ । कार्यालय सचिव शेरबहादुर तामाङले बुधबार एक बिज्ञप्ति जारी गर्दे नेपाल पक्षको भेलालाई अनाधिकृत भएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको छ । 

एमाले कार्यलय सचिब शेरबहादुर तमाङ्गले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ –‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण १ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरुमा अपिल गर्दछु ।’

बुधबारका लागि बोलाईएको बैठक  आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित भएको थियो । भेलामा जिल्ला जिल्लामा रहेका सबै सदस्यहरु लाई बैठकमा सहभागी हुन खबर पठाईएको छ ।

बिहिबार काठमाडौको बुद्धनगर स्थित एक  पार्टी प्यालेशमा बैठक बस्न लागेको छ । यस पटक को बैठक निर्णायक हुने भन्दै एक केन्द्रीय सदस्यले भने  नेता नेपाल सहित कार्यदलमा रहेका सदस्यहरु संग हाल सम्मको अबस्था र अबको बाटो बारे ठोस निर्णय हुन्छ ।  ती नेताका अनुसार दुई अध्यक्ष बनाएर दुबैको हस्ताक्षरले बैधानिकता पाउने अबस्थामा मात्र एकता हुन्छ नत्र अलग पार्टी बनाएर जाने कुरा अघि बढ्छ । 

बिभिन्न निकायमा निर्बाचित पदाधिकारीहरुको पद जोगाउने बिषय मुख्य चुनौति रहेको भन्दै त्यसको उपाए खोजी भै रहेको ती नेताले जानकारी दिनुभयो ।  दुई नेताको हस्ताक्षर सहित को एकता नभए  आफू पक्षमा जति सक्यो धेरै सासद र केन्द्रिीय सदस्यको हस्ताक्षर जम्मा पार्ने र लगत्तै राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरेर नयाँदल क्रियाशिल हुने पनि उहाँले जानकारी दिनुभयो । अध्यादेश जारी गर्दा बिरोध हुदै गर्छ तर जारी हुन्छ  त्यस पछि मात्र सरकारले पूर्णता पाउछ त्यस बेला सम्म सरकारले पूर्णता पाउदैन  ।