२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका शीर्ष नेताबीच यस्तो भयो सहमति



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद तीन दिनभित्र टुंगो लगाउने सहमति भएको छ। बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको छलफलमा तीन दिनभित्र टुंगो लगाउने सहमति भएको हो ।

सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा आज बसेको बैठकले क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद ३ दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो। 

छलफल पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका नेता रमेश लेखकले जानकारी दिए।

बैठकमा नेताहरूबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिनभित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ। 

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन भदौ १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ। तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएको छ।