१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि गठबन्धन: अध्यक्ष दाहाल



file
अ+ अ-

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा उभिएको बताउनु भएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहनुभएका उहाँले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै संविधानको रक्षाका लागि वर्तमान वामलोकतान्त्रिक गठबन्धन बनाउनु परेको चर्चा गर्नुभयो ।

उहाँले नेकपा (एमाल) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाउनुभयो । ओलीकै कारण संविधान धरापमा परेको उहाँको भनाइ थियो । उहाँले नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको बताउनुभयो ।