१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसको माग पुरा हुने देखेर ओली सरकारमा गएका हौ : महन्थ ठाकुर



फाईल फोटो
अ+ अ-

काठमाडौं । जसपाको आधिकारिकता गुमाएका महन्थ ठाकुरले पार्टी अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै एक अपिल जारि गरेका छन् । बुधबार सोही पार्टीको अध्यक्षकै हैसियतमा जारी अपीलमा ठाकुरले केपी ओली नेतृत्वको तत्कालीन सरकारमा मधेसको माग पुरा हुने देखेर आफूहरु सहभागी भएको जिकिर गरेका हुन् । 

यादवले १८ महिना सरकारमा रहँदा पनि मधेसको मागप्रति सिन्को भाँच्न नसकेको ठाकुरले दावि गरेका छन् । उनले १८ दिनमै आफूहरुले मधेसका कयौं माग मुद्दाहरु पुरा गराएको दावी गरेका हुन् ।

पार्टीको आधिकारिकता दिएको प्रति असन्तुष्टि पोख्दै उनले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा रहेकाले उपयुक्त निकास निस्कने विश्वास लिएका छन् । 

यस्तै मधेसी आदिवासी, जनजाति, थारुलगायतका जनताको अधिकार प्राप्ति गर्ने सवालमा एकल जातीय राज्यको समाप्ति तथा बहुल राष्ट्रिय राज्यको स्थापनाको निम्ति आफूहरु संघर्षरत रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्न अपील गरेका छन् ।