२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कुन-कुन स्थानमा हुनेछ वर्षा ?



अ+ अ-

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेका कारण देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको जनाएको छ ।

बिहीबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।

प्रदेश १ ,बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेपनि राति केही स्थानहरुमा वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।