२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो ।

उक्त भेटमा आइसल्यान्डका प्रधानमन्त्रीले नेपालले महिला सहभागिताको क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको उल्लेख गर्दै महिला नेतृत्वको क्षमता विकास, जलवायु अनुकूलन तथा अन्य पारस्परिक हितका विषयलाई प्राथमिकतामा राखी सम्बन्ध विकास गर्नुपर्नेबारे छलफल भएको थियो ।

त्यसैगरी राष्ट्रपति भण्डारीसमक्षम ‘वुमन पोलिटिकल लिडर्स’का संस्थापक तथा युरोपेली संसद्का पूर्वउपाध्यक्ष सिल्भाना कोक–मेहरिन तथा विश्व महिला नेतृत्व परिषद्का महासचिव लाउरा लिजउड र युएन वुमनका कार्यकारी निर्देशक सीमा बाहोसले पनि शिष्टाचार भेट गर्नुभएको थियो । सम्मेलनका क्रमममा नै राष्ट्रपति भण्डारीसँग आइसल्याण्डबाट सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने पर्वतारोही महिलाहरुले भेट गर्नुभयो ।

यसैगरी आइसल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको उहाँका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ को कार्यक्रममा सहभागी हुन दुई दिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुग्नुभएको हो । उहाँ विभिन्न कार्यक्रममा सहभागी भएर यही कात्तिक २६ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

सबै भेटघाटमा परराष्ट्र सचिव भरतराज पौडेल, राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, राष्ट्रपतिका सञ्चारविज्ञ ढकाललगायतका अधिकारी सहभागी हुनुहुन्थ्यो ।