१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोप सम्मेलनमा नेपालको वृतचित्र प्रदर्शन



अ+ अ-

इजिप्टको शर्म एल शेख शहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २७ औं अन्तराष्टिय महासम्मेलन ९कोप २७० मा बुधबार नेपालको वृतचित्र प्रदर्शन गरिएको छ ।

भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृतचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्याएको मुख्य क्षति समेटिएको छ । महासम्मेलनमा नेपालको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको नेतृत्वमा वन, तथा वातावरणविदसहितको टोली सहभागी छ । नेपाल प्रतिवेदनसँगै साथसाथै फाउण्डेसनले तयार गरेको वृतचित्र देखाइएको हो । उक्त वृतचित्रको लेखन र निर्देशन पत्रकार बालकृष्ण बस्नेतले गर्नुभएको हो ।

वृतचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरुमा हिँउ कमी भएको, बाक्लो हिमनदी पग्लिएर भएको क्षति, बाढी पहिरो, वेमौसमी वर्षाले धनजन, अन्नवालीमा पुर्याएको क्षति समेटिएको छ । गत वर्ष मार्च ८ मा विभिन्न क्षेत्रका अगुवा ४० जना महिलाले गरेको सगरमाथा आधारशिविर, कालापत्थरसम्मको पैदलयात्रा, सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्य देखि डोल्पामा यसैवर्ष वर्षाले पुर्याएको क्षति त्यसमा समावेश छ ।

महासम्मेलनमा सहभागी साथसाथै फाउण्डेशनका अध्यक्ष प्रजिता कार्कीले नेपालमा भएको हानी नोक्सानी र क्षति प्रदर्शन गरी विश्वको ध्यानाकर्षण गराउने उद्धेश्यले यो वृतचित्र निर्माण भएको बताउनुभयो ।

अत्यन्तै न्यून कार्वन उत्पादन हुने नेपालमा जलवायू परिवर्तनको क्षति भने अतुलनीय छ । यो सम्मेलनमा हानी नोक्सानी र जलवायु कोषको समेत मुद्धा छ । नेपालमा भएको हानीनोक्सानी र क्षतिपूर्तिका लागि ठूला मुलुकको ध्यानाकर्षण गराउन यो वृतचित्रले भूमिका खेल्छ भन्ने विश्वास लिएको छु, अध्यक्ष कार्कीले भन्नुभयो ।

वृत्तचित्र वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोषसहितको समन्वय र सहकार्यमा निर्माण भएको उक्त संस्थाले जनाएको छ । वृतचित्र प्रदर्शनपछि सहभागीबीच अन्तक्र्रिया समेत राखिएको थियो ।

निर्देशक बस्नेतले प्राकृतिक विपत्तिले नेपाल र नेपालीले बेहोर्नुपरेको क्षति मात्र नभै आवाजविहीन पीडितलाई न्यायको वकालत गरिएको बताउनुभयो ।

यो वृत्तचित्रले हानीनोक्सानी मात्र देखाएको छैन । विपत्ति भोगिरहेको नेपाल र यहाँ प्रत्यक्ष पीडित जनतालाई क्षतिपूर्ति र पुननिर्माणका लागि विश्वले ध्यान दिनुपर्छ भन्ने सन्देश दिएको छ, बस्नेतले भन्नुभयो ।