२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका अभियुक्त नै मन्त्रालयको सल्लाहकार



अ+ अ-

काठमाडौं । विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिबाना तोकेका व्यक्तिलाई प्रदेश २ सरकारले मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेको छ । प्रदेश २ सरकारले भ्रष्टाचारका अभियुक्त जीवनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सल्लाहकारमा नियुक्त गर्दा त्यसको विरोध भैरहेको छ ।

उनलाई प्रदेश २ सरकारले गत असार २० गते नै नियुक्ति दिइएको खुलेको छ । चौधरीलाई भ्रष्टाचार मुद्दामा अदालतले चार महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।

तत्कालीन जिल्ला विकास समिति धनुषाका लेखापालको रूपमा कार्यरत रहँदा चौधरी भ्रष्टाचारमा मुछिएका थिए । अहिले निलम्बनमै रहेका चौधरी प्रतिनीधि सभाको निर्वाचनमा भएको छुरा काण्डमा समेत मुछिएका थिए ।