• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

पाकिस्तान टि–२० विश्वकपको फाइनलमा, न्युजिल्यान्ड स्तब्ध



काठमाडौँ । पाकिस्तान आइसीसी टी–२० पुरुष क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

अष्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउन्डमा भर्खरै सम्पन्न सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो ।

न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ५७ तथा बाबर अजामले ५३ रनको अर्धशतीय ईनिङ्स खेले । यस्तै, मोहम्मद हरिशले ३० रनको योगदान दिए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले २ तथा मिचेल सान्टनरले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन जोड्यो ।

न्युजिल्यान्डका लागि डार्यल मिचेलले अविजित ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कप्तान केन विलियम्सनले ४२ बलमा ४६ रन जोड्दा डेभन कोनवेले २० बलमा २१ रन जोडे । यस्तै, जेम्स निसम १२ बलमा १६ रनसहित अविजित रहे ।

पाकिस्तानका शाहिन अफ्रिदीले दुई तथा मोहम्मद नवाजले एक विकेट लिए ।

अब पाकिस्तानले उपाधिका लागि भोलि हुने इंग्ल्यान्ड र भारतबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार दिउँसो १ः४५ बजे हुनेछ ।