२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

नाष्टद्वारा विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ता पुरस्कृत

नाष्टद्वारा विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ता पुरस्कृत
अ अ+ अ-

काठमाडौं । विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई आज पुरस्कृत एवं सम्मानित गरिएको छ । देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट० ले २०७८ सालको विभिन्न पुरस्कार आज आयोजित कार्यक्रममा वितरण गरेको हो ।

सो अवसरमा कुलपति राष्ट्रिय नव–प्रर्वतन पुरस्कार नेपाल कृषि अनुसन्धान परिषद् विज्ञान पुरस्कार डा कोमलराज रिजाल, प्रविधि पुरस्कार प्रा डा सुदर्शनराज तिवारी, विज्ञान तथा प्रविधि युवा पुरस्कार क्रमशः डा लक्ष्मीकुमार पराजुली, डा नीरञ्जन कोइराला, डा प्रदीपकुमार पौड्याल, डा रक्षा डङ्गोल, डा अनु भट्टराई, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सायरा विष्ट र सुरेन्द्रकुमार सुवेदी तथा महिला विज्ञान तथा प्रविधि पुरस्कार डा बबिता पौडेललाई प्रदान गरियो ।

त्यसैगरी प्रज्ञा–प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार क्रमशः प्रकाशचन्द्र अमात्य, कमल रानाभाट, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार छत्र कार्की, फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार विष्णुप्रसाद कँडेल, मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार मेकानिकल इञ्जिनीयरिङ विभाग, काठमाडौँ विश्वविद्यालय, जीतबहादुर नकर्मी धातु प्रविधि पुरस्कार थापा इञ्जिनीयरिङ इण्डस्ट्रिज प्रालि भुवनेश्वर प्रविधि पुरस्कार एरोविक्स कम्पनी प्रालि र काजी इन्द्र कटुवाल कृषि पुरस्कारबाट डा टेकप्रसाद गोतामे पुरस्कृत हुनुभएको छ ।

सो अवसरमा वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएका प्रा डा प्रेमनाथ मास्के, प्रा डा भद्रमान तुलाधर, डा सुशीला भट्टराई, डा केदार बुढाथोकी र बिमला मास्केलाई सम्मानित गरिएको थियो । पुरस्कार तथा सम्मान वितरण गर्दै नाष्टका उपकुलपति डा सुनिल बाबु श्रेष्ठले समाजका लागि विज्ञान भन्ने अभियानका साथ नाष्टले स्थापनाकालदेखि नै प्रविधिलाई सरल तथा सहज रुपमा नेपाली समाजमा स्थापित गर्दै आएको बताउनुभयो ।

उहाँले हाम्रोजस्तो विकासोन्मुख मुलुकमा विज्ञान र प्रविधिको विकास अपरिहार्य भएकाले सातवटै प्रदेशमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गरी विज्ञानलाई गाउँस्तरसम्म पु¥याउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । सो अवसरमा उपकुलपति श्रेष्ठले बाली विज्ञान शव्दकोष सम्बन्धी पुस्तकको विमोचन पनि गर्नुभयो । कार्यक्रममा नाष्टका सचिव डा महेशकुमार अधिकारीले कोभिड महामारीका कारण अघिल्लो वर्षको पुरस्कार यसवर्ष वितरण गर्नुपरेको बताउनुभयो । नाष्टका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्र र मुख्य प्राविधिक दीनबन्धु पराजुलीले वैज्ञानिक तथा प्राविधिकको योगदानको बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा प्रधानमन्त्री एवं नाष्टका कुलपति शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको शुभकामना मन्तव्य पनि पढेर सुनाइएको थियो ।