२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङको साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टर माग



अ+ अ-

बझाङ । बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ ।

जिल्ला निर्वाचन ब्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।

“सडक सञ्जालले साइपाल जोडिएको छैन”, उहाँले भन्नुभयो,“त्यहाँबाट बोकाएर ल्याउन कम्तीमा तीन दिन लाग्छ, मतगणना पनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने व्यवस्था गरिदिन भनेका छौँ ।” मतपेटिका सङ्कलनलाई हेलिकप्टर माग गरिएको र निर्णय आउन भने बाँकी रहेको उहाँले बताउनुभयो ।

साइपालका पाँच वटा मतदान केन्द्रको प्रत्येकमा सङ्घ, प्रदेश र समानुपातिक गरी चारवटा मतपेटिका हुन्छ । हरेक केन्द्रमा एउटा मतपेटिका थप पठाइएको हुन्छ । कर्मचारी केन्द्रमा खटिएकाले मतगणना सुरु गर्ने जनशक्ति पनि अभाव हुने हुँदा मतपेटिकासहित कर्मचारीलाई छिटो सदरमुकाम आउने व्यवस्थाका लागि हेलिकप्टर माग गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ ।

एक सय ८४ मतदान केन्द्र रहेको बझाङमा साइपाल गाउँपालिका वडा नं ५ मा रहेको यारुङकुरुङ डाँडा सबैभन्दा टाढाको दूरीमा रहेको मतदान केन्द्र हो । मतपेटिका, मतदान सामग्री भने दुर्गममा बोकाएर लैजाने तयारी गरिएको छ ।