२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः पाकिस्तानलाई फाइनल पुग्न न्युजिल्यान्डको १५३ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । आइसीसी टी–२० पुरुष विश्वकपको फाइनल प्रवेशका लागि पाकिस्तान र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।

अष्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउन्डमा जारी खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन जोड्यो ।

न्युजिल्यान्डका लागि डार्यल मिचेलले अविजित ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कप्तान केन विलियम्सनले ४२ बलमा ४६ रन जोड्दा डेभन कोनवेले २० बलमा २१ रन जोडे । यस्तै, जेम्स निसम १२ बलमा १६ रनसहित अविजित रहे ।

पाकिस्तानका शाहिन अफ्रिदीले दुई तथा मोहम्मद नवाजले एक विकेट लिए । यस खेलको विजेता टोली उपाधिका लागि फाइनलमा प्रवेश गर्नेछ ।