१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायुसेवा निगम कर्मचारीहरुले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र



अ+ अ-

काठमाडौं । नेपल वायुसेवा निगम कर्मचारीहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । निगमलाई निजिकरण गर्ने निर्णयको विरुद्धमा कर्मचारीहरुले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् । 

प्रधानमन्त्री देउवालाई टेड्र युनियान कांग्रेस समिती, पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचरी संगठन, नेपाल वायु सेवा निगम कर्मचारीलगायतका संगठनहरुले चार बुद्धे ध्यानकर्षण गराउदै ज्ञापन पत्र बुझाएका हुन् । 

ज्ञापन पत्रमा कर्मचारीहरुले महाप्रबन्धलाई तत्काल वर्खास्त गर्नुपर्ने, निगम महाप्रबन्धकको ३०० प्रतिशत अस्वाभाविक तलव बृद्धि खारेज गर्नुपर्ने,संञ्चालक समितीमा निगमको ब्यावसायिक स्वार्थ बाझिने संस्थासंग आवद्ध ब्याक्तिको नियुक्ति खरेज गर्नुपने र निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्नुपर्ने मागहरु राखेका छन् ।