२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनलाई जिताउनुहोस् हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ: अध्यक्ष दाहाल



अ+ अ-

सिमकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताउनुभएको छ ।

हुम्लामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनका साझा उम्मेदवार छिरिङ्ग डम्डुल लामालाई मन्त्री बनाउने विश्वास दिलाउनुभयो । प्रदेशसभा (२)का उम्मेदवार जीवनबहादुर शाही पनि कर्णाली प्रदेशको पुनः मुख्यमन्त्री बन्ने सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सातै प्रदेश र सङ्घमा गठबन्धनकै सरकार बन्ने बताउनुभयो ।

यस्तै कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले हुम्लाको उत्तर पश्चिमसम्म सडक सञ्जालले जाड्ने बताउनुभयो । गठबन्धन सरकारले हुम्लाको हिल्सालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उहाँले विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “कर्णालीको विकास र रोजगारी सिर्जना गर्नेका लागि निर्वाचन सङ्घीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुनेछ ।” कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यातायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका दशवटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उप–सभापति खड्काले बताउनुभयो ।