२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेलको निवासमा ‘बन्धक’ बनाईयो: विमला वली



अ+ अ-

बुटबल ।  लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको आरोप लगाउनु भएका छ ।  बिहिबार पत्रकार सम्मेलन गर्दे वलीले आफूलाई बन्धक बनाएर जवर्जस्ती हस्ताक्षर गर्न समेत लगाएको समेत आरोप लगाउनु भएको छ ।

उहाँले आफूले दल छान्ने समयमा माओवादी केन्द्र छनौट गरेका कारण कहिले एमाले कहिले माओबादी केन्द्र भनेर भ्रम फैलाईएको आरोप पनि लगाउनु भयो । वलीले आफू मुख्यमन्त्रीको निबासबाट आँखा छलेर भागेर  माओबादी दलका कार्यालयमा आएको पनि बताउनु भयो ।

आफूलाई बन्धक बनाएको बिषयमा कुनै कानूनी उपचार मा जानु हुन्छ भन्ने संञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो "त्यस्तो केही होईन मैले राजनीति गर्ने हो ।"