१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

‘विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी अन्यत्रै सार्ने काम गरे’

‘विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी अन्यत्रै सार्ने काम गरे’
अ अ+ अ-

रुपन्देही । सत्तारुढ गठबन्धनको साथ पाउनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार केशबहादुर थापाले एमाले उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अन्यत्रै सार्ने कामको अगुवाई गरेको आरोप लगाउनु भएको छ ।

सो क्षेत्रमा थापा र पौडेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । चुनावी प्रचार अभियानलाई तीब्रता दिनु भएका थापाले मंगलबार आयोजित घरदैंलो कार्यक्रममा बोल्दै पौडेलकै अगुवाईमा लुम्बिनी प्रदेशको राजधानी दाङको अन्कन्टार ठाउँमा लैजाने लैजान काम भएको बताउनु भयो । उहाँले मुलुकलाई राष्ट्रिय सहमतीका साथ अघि बढाउन पनि सत्तारुढ दलहरुले मिलेर चुनावमा लडनु परेको दावी समेत गर्नु भयो ।

संविधानको रक्षा गर्न, संघीयता, गणतन्त्र र समावेशीताको रक्षा गर्न आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले जित्नुपर्ने उहाँको भनाई थियो । थापाले भन्नु भयो, ‘भूमिहीन सुकुम्बासीको बारेमा कुनै पनि सुनुवाई नहुने । हाम्रो ठाउँमा बाचा गरिएको प्रदेशको राजधानी रातारात खोसेर कुनै अनकण्टार ठाउँमा लगेर सार्ने यस्ता खालका राजनीतिक बेइमानहरुको हातमा सत्ता जाने खतरा छ । त्यसबाट हामीले आफ्नो अभिमत जोगाउनु पर्छ र, म यहाँहरुलाई भन्न चाहन्छु–हामी गठबन्धनको एउटा साझा संकल्प छ–संविधानको रक्षा गरेर देशमा आजसम्म हामीले जुन आन्दोलन ग¥र्यौं ।

संघर्ष ग¥यौं, क्रान्ति ग¥यौ । बलिदानबाट जे–जे उपलब्धि प्राप्त ग¥यौं । त्यसलाई त जोगाउनु प¥यो नि । त्यो उपलब्धिलाई जोगाएर नपुगेका केही कुराहरु छन भने एउटा राष्ट्रिय सहमतीको बाटोबाट अगाडि बढनु प¥यो नि । मुलुकलाई आजसम्म औद्योगिकीकरणको बाटोमा लैजान सकिएको छैन । जबसम्म औद्योगिक युगमा लैजान सकिदैन्, रोजगारी पनि सृजना हुँदैन । मुलुकलाई सबै मिलेर राष्ट्रिय सहमतीका साथ अघि बढाउने हो । त्यसका लागि आफूहरुबीच गठबन्धन गरिएको हो ।’

थापाले आफूहरुले चुनाव जितेमा रोजगारीको अवसर सृजना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुलभ बनाउने, औद्योगिकीकरण, वन र वातावरणको संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउने आश्वासन समेत दिनु भयो । त्यस क्षेत्रमा रहेका सुकुम्बासी समस्या समाधान गर्ने उहाँले प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।