२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी अन्यत्रै सार्ने काम गरे’



अ+ अ-

रुपन्देही । सत्तारुढ गठबन्धनको साथ पाउनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार केशबहादुर थापाले एमाले उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अन्यत्रै सार्ने कामको अगुवाई गरेको आरोप लगाउनु भएको छ ।

सो क्षेत्रमा थापा र पौडेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । चुनावी प्रचार अभियानलाई तीब्रता दिनु भएका थापाले मंगलबार आयोजित घरदैंलो कार्यक्रममा बोल्दै पौडेलकै अगुवाईमा लुम्बिनी प्रदेशको राजधानी दाङको अन्कन्टार ठाउँमा लैजाने लैजान काम भएको बताउनु भयो । उहाँले मुलुकलाई राष्ट्रिय सहमतीका साथ अघि बढाउन पनि सत्तारुढ दलहरुले मिलेर चुनावमा लडनु परेको दावी समेत गर्नु भयो ।

संविधानको रक्षा गर्न, संघीयता, गणतन्त्र र समावेशीताको रक्षा गर्न आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले जित्नुपर्ने उहाँको भनाई थियो । थापाले भन्नु भयो, ‘भूमिहीन सुकुम्बासीको बारेमा कुनै पनि सुनुवाई नहुने । हाम्रो ठाउँमा बाचा गरिएको प्रदेशको राजधानी रातारात खोसेर कुनै अनकण्टार ठाउँमा लगेर सार्ने यस्ता खालका राजनीतिक बेइमानहरुको हातमा सत्ता जाने खतरा छ । त्यसबाट हामीले आफ्नो अभिमत जोगाउनु पर्छ र, म यहाँहरुलाई भन्न चाहन्छु–हामी गठबन्धनको एउटा साझा संकल्प छ–संविधानको रक्षा गरेर देशमा आजसम्म हामीले जुन आन्दोलन ग¥र्यौं ।

संघर्ष ग¥यौं, क्रान्ति ग¥यौ । बलिदानबाट जे–जे उपलब्धि प्राप्त ग¥यौं । त्यसलाई त जोगाउनु प¥यो नि । त्यो उपलब्धिलाई जोगाएर नपुगेका केही कुराहरु छन भने एउटा राष्ट्रिय सहमतीको बाटोबाट अगाडि बढनु प¥यो नि । मुलुकलाई आजसम्म औद्योगिकीकरणको बाटोमा लैजान सकिएको छैन । जबसम्म औद्योगिक युगमा लैजान सकिदैन्, रोजगारी पनि सृजना हुँदैन । मुलुकलाई सबै मिलेर राष्ट्रिय सहमतीका साथ अघि बढाउने हो । त्यसका लागि आफूहरुबीच गठबन्धन गरिएको हो ।’

थापाले आफूहरुले चुनाव जितेमा रोजगारीको अवसर सृजना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुलभ बनाउने, औद्योगिकीकरण, वन र वातावरणको संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउने आश्वासन समेत दिनु भयो । त्यस क्षेत्रमा रहेका सुकुम्बासी समस्या समाधान गर्ने उहाँले प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।