• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

विश्व कप फुटबल हेर्न थप ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले विश्व कप फुटबल प्रसारणको नाममा ग्राहकबाट थप पाँच सय रुपैयाँ लिने शुल्क कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

प्रकाशमान सिंह राउतको एकल इजलासले विश्व कपका नाममा थप पाँच सय रुपैयाँ लिँदा ग्राहकमाथि अपूरणीय क्षति हुनसक्ने भन्दै अतिरिक्त शुल्क लिने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले केही निजी कम्पनी र सरकारको साँठगाँठमा उपभोक्ता अधिकार विपरीत अतिरिक्त पाँच सय रुपैयाँ असुल्ने निर्णय भएको भन्दै उपभोक्ताहरूको तर्फबाट रिट दायर गरेका थिए ।

यस्तै, सर्वोच्चले कात्तिक २७ गते छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।

रिट निवेदकले सञ्चार मन्त्रालयसहित विश्व कपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया होम तथा टेलिभिजन सेवा प्रदायकसमेतलाई विपक्षी बनाएका छन् ।

मङ्सिर ४ गतेदेखि कतारमा विश्वकप सुरु हुँदैछ । विश्वका ३२ राष्ट्रले उक्त महाकुम्भमा सहभागिता जनाउँदैछन् ।