१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय नेपाल र लाल सलामको मित्रता गिरिजाको पालादेखि: प्रचण्ड



अ+ अ-

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताको अर्थ कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा छाप लगाउनु भएको बताएका छन् ।

गठबन्धनले जुम्लामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जय नेपाल र लाल सलामको मित्रता गिरिजाप्रसाद कोइरालाको पाला देखि भएको बताए ।

प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुको अर्थ गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसबाट हँसिया हथौडामा र आफूले माओवादीको तर्फबाट रुखमा छाप लगाउनुभएको भएको उल्लेख गरे । गिरिजाको पाला देखि नै नेपालमा युगान्तकारी युगको सुरुवात भएको उनले बताए । उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले एकातिर लाल सलाम भन्नु भएको थियो, र मैले गिरिजाप्रसाद कोइरालालाई जय नेपाल भनेको थिए, त्यहीँबाट सुरु भएको थियो, जय नेपाल र लाल सलामको मित्रता ।’

प्रचण्डले विस्तृत शान्ति सम्झौता र संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र र शान्तिको महान् युग सुरु भएको दृष्टान्तलाई ख्यालमा राख्दै आगामी निर्वाचनमा बिना संकोच रुख, हँसिया हथौडा र कलममा भोट हाल्न आग्रह गरे ।