२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय नेपाल र लाल सलामको मित्रता गिरिजाको पालादेखि: प्रचण्ड



अ+ अ-

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताको अर्थ कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा छाप लगाउनु भएको बताएका छन् ।

गठबन्धनले जुम्लामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जय नेपाल र लाल सलामको मित्रता गिरिजाप्रसाद कोइरालाको पाला देखि भएको बताए ।

प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुको अर्थ गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसबाट हँसिया हथौडामा र आफूले माओवादीको तर्फबाट रुखमा छाप लगाउनुभएको भएको उल्लेख गरे । गिरिजाको पाला देखि नै नेपालमा युगान्तकारी युगको सुरुवात भएको उनले बताए । उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले एकातिर लाल सलाम भन्नु भएको थियो, र मैले गिरिजाप्रसाद कोइरालालाई जय नेपाल भनेको थिए, त्यहीँबाट सुरु भएको थियो, जय नेपाल र लाल सलामको मित्रता ।’

प्रचण्डले विस्तृत शान्ति सम्झौता र संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र र शान्तिको महान् युग सुरु भएको दृष्टान्तलाई ख्यालमा राख्दै आगामी निर्वाचनमा बिना संकोच रुख, हँसिया हथौडा र कलममा भोट हाल्न आग्रह गरे ।

 




भर्खरै