• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

एरिक्सनलाई समेट्दै विश्वकप खेल्ने डेनमार्कको टोली घोषणा



काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ फुटबलका लागि डेनमार्कले प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

डेनमार्कले विश्वकपका लागि २१ सदस्सीय टोलीको घोषणा गरेको हो ।

टोलीमा क्रिस्टियन एरिक्सन पनि रहेका छन् । म्यानचेस्टर युनाईटेडका मिडफिल्डर एरिक्सनलाई युरोकप दौरान हृदयघात भएको थियो ।

युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए । डेनमार्कले नोभेम्बर २२ मा ट्युनिसियाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।